Place Your Adv Here

चीनसँग जारी सीमा तनावकाबीच भारतको रक्षा मन्त्रालयले बिहीबार लडाकु विमान, मिसाइल लगायतका विभिन्न रक्षा सामग्री खरिदका लागि  ३८ हजार ९ सय करोड भारू खर्च गर्ने योजनालाई मञ्जुरी दिएको छ।

यो रकम ३३ नयाँ फाइटर जेट, जमिनबाट प्रहार गर्न सकिने ३ सय लामो दूरीका मिसाइल तथा २ सय ५० वटा ‘एयर टु एयर’ मिसायल किन्न खर्च हुनेछ।

Place Your Adv Here

यो खरिद योजना दुई देखि तीन वर्षमा पूरा हुने टाइम्स अफ इण्डियाले जनाएको छ।

भारतीय रक्षामन्त्री राजनाथ सिहंको अध्यक्षतामा बसेको रक्षा बैठकले २१ नयाँ मिग-२९ र १२ सुखोई- ३० एमकेआइ रसियाबाट किन्ने निर्णय गरेको हो।

यसैगरी आफूसँग भएका मिग-२९ जहाजमा थप सुधार गर्ने पनि निर्णय गरेको छ। यसका लागि ७ हजार ४ सय १८ करोड भारू करोड खर्च हुने अनुमान गरिएको छ।

यसैगरी १२ थप सुखोई जहाज बनाउन हिन्दुस्थान एरोनोटिक्सलाई अनुमति दिइनेछ।

यसैगरी विमान संचालनका लागि आवश्यक विद्युतिय युद्ध पोशाक र अतिरिक्त सामान तथा पाटपूर्जाका लागि खर्च हुनेछ।

यसका लागि १० हजार ७ सय ३० करोड भारू खर्च गर्नेछ।

Place Your Adv Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here