Place Your Adv Here

लन्डन — नरविच सिटी इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने यो सिजनको पहिलो टिम भएको छ । वेस्ट ह्यामले शनिबारको खेलमा ४–० ले हराएपछि नरविच घटुवामा परेको हो।

वेस्ट ह्यामका लागि चारै गोल मिचेल एन्टोनियोले गरे ।  जित सँगै वेस्टह्याम अंकतालिकामा रेलिगसन जोन बाट केही सहज स्थानमा उक्लिएको छ!

Place Your Adv Here

शनिबारको अर्को खेलमा वाटफोर्डले न्युकासल युनाइटेडलाई २–१ ले हरायो । वाटफोर्डका लागि दुवै गोल ट्रोय डिनीले पेनाल्टीबाट गरे । यो जितपछि वेस्ट ह्याम र वाटफोर्ड दुवैको रेलिगेसनबाट बच्ने संभावना बनेको छ । दुवैको समान ३४ अंक भएको छ र यो रेलिगेसन क्षेत्रबाट ६ अंकको अग्रता हो । 

लिगमा लगातार सातौं हार बेहोरेको नरविच ३५ खेलपछि २१ अंकमै सीमित रह्यो । लिगमा तीन चरणको खेल बाँकी रहेको बेला नरविच सुरक्षित स्थितिबाट १३ अंकले पछाडि रह्यो ।

Place Your Adv Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here