Place Your Adv Here

सेफिल्ड युनाइटेडसँग चेल्सी पराजित भएको छ। सेफिल्डको घरेलु मैदानमा भएको रोचक प्रतिस्पर्धामा चेल्सी ३-० ले पराजित भएको हो। सेफिल्डको जितमा डेविड म्याकगोल्डरिचले २ गोल को योगदान गरे भने म्याकबर्नीले १ गोल थपे।

जितसँगै सेफिल्ड युनाइटेड प्रिमियर लिगको अंकतालिकामा छैठौँ स्थानमा उक्लिएको छ।

Place Your Adv Here

हार सँगै चेल्सीले शिर्ष ४ को पकड बलियो बनाउने अवसर गुमाएको छ। ३५ खेल पस्चात कुल ६० अंकले चेल्सी तेस्रो स्थानमा यथावत रह्यो। लेस्टर चेल्सी भन्दा केवल १ अंकले (कुल ५९) पछाडि चौथो स्थान छ भने थप १ अंकले (कुल ५८) म्यान्चेस्टर युनाइटेड पाँचौँ स्थानमा छ। लेस्टर र म्यान्चेस्टरलाई चेल्सी भन्दा थप १ खेलको अवसर बाँकी नै छ।

लेस्टरले भोली बर्नमाउथ सँग खेल्दै छ भने म्यान्चेस्टर युनाइटेडले सोमबार राती साउथ ह्यम्प्टन सँग स्पर्धा गर्दै छ। यि दुई मध्ये जुन टोलीले जित हात पारे पनि चेल्सीलाई अंक तालिकामा उछिन्ने छन्। दुबैले जित हासिल गरेको स्थितिमा चेल्सी २ पोजिसन तल धकेलिने छ।

लिभरपुलले यस सिजनको प्रिमियर लिग उपाधी जितिसकेको छ भने ३४ खेल बाट कुल ६९ अंक सहित म्यान्चेस्टर सिटी अंकतालिकाको दोस्रो स्थानमा छ।

Place Your Adv Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here