Place Your Adv Here

ला लिगा – रियल भालाडोलिडसँग कठिन जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधी उचाल्ने गणितीय सम्भावना जिवित राखेको छ। साविक बिजेता बार्सिलोनाले ला लिगाको चौधौँ स्थानमा रहेको भालाडोलिडलाई १-० गोल अन्तरले हराएको हो। खेलको तेह्रौ मिनेटमा लियोनेल मेस्सीको पासमा आर्टुरो भिडालले गोल गरेका थिए।

बल पोसेसनमा झन्डै ६५ प्रतिसत पकड बनाए पनि बार्सिलोनाले गोल गर्ने धेरै अवसरहरुको सिर्जना गर्न भने असफल रह्यो। भालाडोलिडले गोल्का लागि कुल १३ प्रयास गर्दा बार्सिलोनाले केवल ९ प्रयास मात्रै सिर्जना गर्न सक्यो।

Place Your Adv Here

जितसँगै बार्सिलोना कुल ३६ खेलबाट ७९ अंक सहित ला लिगाको दोस्रो स्थानमा छ। १ खेल कम खेलेको रियल म्याड्रिड ८० अंक सहित शिर्ष स्थानमा छ। म्याड्रिडले अर्को खेल ग्रानाडासँग अवे मैदानमा खेल्दै छ।

बर्सिलोनाले उपाधी जित्नका लागि बाँकी दुवै खेलमा जित निकालेर मात्रै पनि नपुग्ने अवस्था छ। यसका लागि रियल म्याड्रिडले बाँकी ३ खेल बाट २ हार व्यहोर्नु पर्ने हुनेछ।

Place Your Adv Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here