Place Your Adv Here

जुभेन्टसले घरेलु मैदानमा एट्लान्टासँग २-२ को बराबरी खेलेको छ। रेफ्रीले प्रदान गरेका दुई विवादित पेनाल्टीको सदुपयोग गर्दै क्रिस्टियानो रोनाल्डोले जुभेन्टसलाई सम्भावित हार बाट बचाएका हुन्।

खेलको सोह्रौँ मिनेटमा डुभान जापाटाले उत्कृष्ट गोल गर्दै एट्लान्टालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एट्लान्टाले गोलका लागि कुल ५ अवसरको सिर्जना गरेको थियो भने जुभेन्टसले जम्मा २ अवसरहरु बनाउन सक्यो।

Place Your Adv Here

५५ औँ मिनेटमा एट्लान्टाका मार्टेन डे रुनले डि-बक्समा ह्यान्ड गर्दा रेफ्रीले जुभेन्टस लाई सहज पेनाल्टी दिए जसको पुरा सदुपयोग गर्दै रोनाल्डोले जुभेन्टस गोलअन्तरलाई १-१ को बराबरी गरे। खेलको ८१ औँ मिनेटमा मालिनोभ्स्कीले उत्कृष्ट गोल गर्दै एट्लान्टालाई पुन: अग्रता दिलाए। उनले डिबक्स बाट गरेको प्रहार जुभेन्टसका दुई डिफेन्डर र गोल्किपरलाई उछिन्दै जाली चुमेको थियो।

खेलको ८९ औँ मिनेटमा लुई मुरेलले अर्को ह्यन्डबल गर्न पुग्दा रेफ्रिले जुभेन्टसलाई दोस्रो पेनाल्टी दिए। खेल अवधी भर थुप्रै अवसरको सदुपयोग गर्न नसकेका रोनाल्डोले उक्त अवसरलाई खेर जान दिएनन् र खेल २-२ को बराबरीमा टुंगियो।

बराबरी सँगै जुभेन्टस ७६ अंकका साथ दोस्रो स्थानमा रहेको लाजियो भन्दा ९ अंकले अगाडि शिर्ष स्थानमा छ भने एट्लान्टा लाजियो भन्दा जम्मा १ अंकले पछाडि तेस्रो स्थानमा छ।

Place Your Adv Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here